महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा गाडी जले




 काठमाडौं ।

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।

‘क्षतिको विवरण संकलन भइरहेको छ । तर अहिलेसम्म ७ वटा चारपांग्रे र ६ वटा दुईपांग्रे गाडी जलेको विवरण प्राप्त भएको छ,’ डीएसपी साहले भने ।

उनका अनुसार जलेकामध्ये केही इलेक्ट्रिक गाडीहरु पनि छन् । ती गाडीहरु सर्भिसिङमा ल्याइएका हुनसक्ने अनुमान छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २० गते सोमबार