कुन पौष्टिक तत्वले के काम गर्छ?




१. कार्बोहाइड्रेट

– शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ।
– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ।
– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

२. प्रोटिन

– कोष/कोषिकाहरूको बृद्धि विकास गर्छ।
– खिइएको कोष/कोषिकाहरूको मर्मत–सम्भार गर्छ।
– समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ।
– एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

३. चिल्लो

– शक्ति प्रदान गर्छ।
– छालाको हेरचाह गर्छ।
– थोरै मात्राले धेरै शक्ति दिन्छ।
– भिटामिनहरू जस्तैः ‘ए, डी, ई, के’लाई शरीरभित्र सञ्चालन गर्दछ।
– एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ।

४. भिटामिन

– यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ। यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन्।

भिटामिन ‘ए’

– स्वस्थ आँखाका लागि
– छालाको हेरचाहका लागि
– शारीरिक बृद्धि विकासका लागि
– अन्य रोगको आक्रमणबाट बचाउन।

भिटामिन ‘डी’

– शरीरको हड्डी बलियो पार्न
– रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
– क्याल्सियम जस्ता खनिज तत्व सोस्न।

भिटामिन ‘ई’

– शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
– रातो रक्त कोष बनाउन
– भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
– कोष/कोषिकाहरू नष्ट हुन नदिन।

भिटामिन ‘के’

– शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
– घाउ–चोट निको पार्न
– हड्डी बनाउन।

भिटामिन ‘बी’

– कमजोरी र थकान कम गर्न
– रुचि बढाउन
– बेरी–बेरी हुन नदिन
– झाडा–पखला र पेलाग्रा हुन नदिन
– स्मरण शक्ति कायम राख्न।

भिटामिन ‘सी’

– गिजा सम्बन्धी रोग हुन नदिन
– छालाभित्र रगतका कोषिका फुट्न नदिन
– रक्त अल्पताको कमी गर्न
– विभिन्न रोगको प्रतिरोध गर्न
– लामो समयसम्म निरोगी राख्न।

५. खनिज तत्व

क्याल्सियम

– हड्डी बलियो पार्न
– दाँत बलियो पार्न
– मांशपेशी चलमलाउन।

फलाम

– शरीरभित्र रगत बन्न
– रक्त अल्पत्ताको कमी गर्न
– शारीरिक बृद्धि विकास गर्न
– रुचि बढाउन
– विभिन्न रोगबाट बचाउन
– शरीर स्वस्थ राख्न।

आयोडिन

– शरीर सुस्त हुन नदिन
– शरीर फुर्तिलो पारिरहन
– गलगाँडबाट बचाउन
– लाटो, लठेब्रो हुन नदिन।

फ्लोरिन

– दाँतलाई स्वस्थ राख्न

६. पानी

– सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पुर्‍याउन
– शरीरको फोहोर–मैला बाहिर निकाल्न
– शरीरमा तातोपना कायम राख्न।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार