सल्यानको कुमाखमा ग्याङ्गफाइट : २० वर्षिया वलीको मृत्य, ११ जना पक्राउ

कोहलपुर ।

सल्यानको कुमाख गाउँपालिका ५ मा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो ११ गते राती करिब १० बजेको समयमा झारकाँडा र कौछ्याको विचमा भएको ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक शेर बहादुर बस्नेतले जानकारी दिएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका ५ कौछ्याका २० वर्षका विकाश वली रहेका छन् ।

बैशाख ११ गते दिउँसो दाङबाट माइती मान्न गएका उनीहरु फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही व्यक्तिहरुले विवाहको लागि बनाइएको गेट भत्काएपछि झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक बस्नेतले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

बस्नेतका अनुसार ग्याङ्गफाइटमा संग्लन ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए । पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइने बस्नेतले जानकारी दिए ।

सच्याइएकाे : मृतक विकास हुनुपर्नेमा प्रकाश भएकाेले सच्याइएकाे छ । -सम्पादक