कोहलपुर २ मा मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महा-महोत्सव सुरु

भगवती पोख्रेल, कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं २ मनकामना चोक नजिक धर्मजागरण महामहोत्सव सुरु भएको छ । सुसंस्कारित समाज निर्माण गर्नका लागि राष्ट्रिय कलाकारद्वारा भजन किर्तन झांकी प्रदर्शन सहित मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महोत्सव सुरु भएको हो ।

महोत्सवको औपचारिक उद्घाटन तथा प्रमुख अतिथि कोहलपुर नगरपालिकाकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले आजको समयमा धर्म, कर्म प्रतिको आस्था हराउँदै गएकोले यस्स खालका सत्संगले आम नगरबासीमा नैतिकता, आचरण , स्वभाव र सहि व्यवहार सिकाउने पर्नेमा जाेड दिए ।


कोहलपुर नगर भित्र शक्ति मोचन र नगरवासिका समस्त पितृहरुको उदारगरि सबैको कल्याण हुने उनले धारण राखे । आचार्यले आजको समयका बालबालिकाहरुमा नैतिकता, संस्कार र संस्कृतिको ज्ञान हराउँदै गएकोले त्यो सिकाउन महायज्ञले बालबालिकामा सकारात्मक सोच आउने विश्वास व्यक्त गरे । आफू जहिले पनि सत्संगमा विश्वास राख्ने भएकोले मन, वचन र कर्मले भजन र किर्तनमा रमाउने बताए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले सत्संग महोत्सवले कोहलपुर वडा नं २ का वडाबासिको घर घरमा धर्म जागरण भइ सबै पितृको उदार हुने बताए । आफुले सक्दो सहयोग गर्ने कुरा व्यक्त गरे ।

कार्यक्रमका अतिथी एवम् ब्राह्ममण समाज कोहलपुरका उप सचिव यज्ञ प्रसाद शर्माले यस खालका धर्मजागरणले हिन्दु धर्मको संरक्षण मात्र होइन अन्य धर्मको पनि सम्मान हुने वताए । उनले आजको समाजमा विकृती विसंगति फैलिएकोले त्यसको अन्त्यको लागि पनि यो जागरण अभियान गर्नु परेको वताए ।

कार्यक्रम बोल्दै धर्मजागरण महोत्सवका सल्लाहकार गोपाल प्रसाद देवकोटाले धर्मजागरण सत्संग महोत्सवले भारद्वाज गोतृय पितृहरुको मात्र उदार नभैइ समस्त श्रद्धालु भक्तजनका पित्रीहरुको उदार हुने आधार व्यक्त गरे । उक्त महोत्सव कार्यक्रमका सल्लाहकारहरु नन्दकुमार शर्मा आचार्य, सह संयोजक नारायण प्रसाद देवकोटा, बालकुमार शर्मा देवकोटा सहितको समिती रहेको कोषाध्यक्ष वसन्त देवकोटाले जानकारी दिए ।

कार्यक्रमका व्यास पन्डित १०८ महायज्ञका संकल्पकर्ता पन्डित गोविन्द शरण महाराजको मुखार विन्दबाट २०७९ चैत्र २२ गते सम्म सन्चालन हुने मुल आयोजक समितिले जानकारी दिए । आज कलश यात्रा पछि औपचारिक कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रमको सन्चालन मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एवम् वैद्दिक धर्म परिषद नेपाल बांकेका सचिव पन्डित एकराज शर्माले गरेका थिए ।

कार्यक्रमको सभापति समाजसेवि राजनीतिज्ञ गोपाल प्रसाद शर्मा आचार्यको सभापतित्वमा भएको महायज्ञमा पत्रकारहरु, समाजसेवी लगायतको उपस्थित रहेको शर्माले जानकारी दिए ।

शर्मालाई सत्संग धर्मजागरण महायज्ञमा मिडियाको संयोजकको जिम्मेवार समेत दिएको सचिव श्याम कुमार देवकोटाले जानकारी दिए । उक्त महायज्ञमा दान गर्ने आधार यस्तो राखिएको छ ।

४९९ देखि ९९९ सम्म दान पेटिकामा राख्ने, १०००१ देखि १९९९ सम्म रामनमीले सम्मान र नाम वाचन गरिने, २००१ देखि ४९९९ सम्म माथिको सम्मान सहित मन्चमा राखी सम्मान गर्ने, ५००१ देखि ९९९९ सम्म फ्रेम सहितको सम्मान पत्र सहित माथिका सबैले सम्मान गर्ने, १०००१ देखी १९९९९ सम्म माथिका सम्मान सहित पन्चेबाजा सहितले सम्मान गर्ने, २०००१ देखि ५०००० सम्म माथिका सम्मान सहित उप सभाको सम्मान गर्ने, ५००००१ देखि ९९९९९ सम्म माथीका सबै सम्मान सहित माथीका सबै सम्मान सहित उक्त दिनको सभापति बनाउने र एक लाख भन्दा माथी दान गर्ने दातालाई मुल आयोजक समितिको निर्णय अनुसार सम्मान सहित माथिका सबै सम्मान गर्ने निर्णय भएको बाल कुमार शर्माले जानकारी दिए ।

महायज्ञका संकल्पकर्ता भार्द्वाज गोत्रका हरि प्रसाद शर्मा देवकोटा कान्छाबाजे रहेका छ्न । उनको घरको प्राङगनमा यो महोत्सव आज देखि सुरु गरिएको हो ।

उक्त महायज्ञमा १०८ सालिग्रामको पुजा अर्चन गर्नुका साथै विहान श्रीमद्भागवत पारायण पुजा आजा, दिउँसो एक बजेदेखी वाचक गोविन्द शरण महाराजको मुखार विन्दबाट कथाको प्रवचन र सांझ कथा पारायण सहित ख्याती प्राप्त कलाकारबाट भजन किर्तन नाच हुने आयोजकले जानकारी दिए । कलाकारको नेतृत्व पण्डित श्री देवेन्द्र उपाध्याय्बाट हुने छ । पुण्य कमाऔ मनकामना कोहलपुर सप्ताह महायज्ञमा जाऔ ।