पूर्वी चितवनमा मृत अवस्थामा गैँडा फेला




चितवन ।
पूर्वी चितवनमा मृत अवस्थामा गैँडा फेला परेको छ।

कालिका नगरपालिका-१ स्थित चर्तुमखी सामुदायकि वनमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो। करिब ६ महिनाअघि मरेको अनुमान गरिएको छ। उक्त गैँडाको लिङ्ग र उमेर पहिचान हुन सकेको छैन।

गैँडाको खाग र तीनवटा खुर गायब छ। गैँडाको खप्पर र बाँकी रहेको नौवटा खुरलाई सुरक्षित राखिएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले बताए।

गस्तीका क्रममा मरेको गैँडा भेटिएको हो। डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो। प्राकृतिक कारणले मरेको या चोरी शिकारी भएको भन्ने बारे पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुने खनालले बताए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १८ गते आइतबार