बेटरलाइफद्धारा हाजिरिजवाफ प्रतियोगिता




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बेटरलाइफ इन्सिच्यूटले हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।

शनिबार कोहलपुर मोडल केलजका क्याम्पस प्रमुख संजिब बाबु पंगेनीको प्रमुख अतिथिमा हाजिरीजवाफ प्रतियोगिता भएको थियो । सो हाजिरीजवाफ प्रतियोगितामा ७ वटा ग्रुपहरुले भाग लिएका थिए ।

सो प्रतियोगितामा चिन्तन नेपाल, दिपक शाही र गणेश कुमार खत्री प्रथम स्थान प्राप्त गरेको छ भने क्षितिज विश्वकर्मा, अनिल बोहोरा र दिपेश डाँगीले द्धितीय स्थान प्राप्त गरेका छन् । यस्तै सृष्टि ढकाल, नन्दा डाँगी र प्रबिण कुमार ढुंगेलले तृतीय स्थान ल्याएका छन् । सो प्रतियोगिताको वर्षा थापा क्वीच मास्टर बनेकी थिइन् ।

यस्तै बेटरलाइफ इन्सिच्यूटका सञ्चालक सुवास सिंह ठकुरीले भाइबहिनीहरुको चौतर्पी विकासको लागि हाजिरी प्रतियोगिता गरेको बताए । यस्ता विभिन्न किसिमका क्रियाकलापहरु निरन्तर सञ्चालन भैहेको ठकुरीको भनाई थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिबार