सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना




काठमाडौँ ।  मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना सर्वसाधारणको मृत्यु भएको भारतीय सेनाले बताएको छ ।यसक्रममा घाइतेको संख्या ४३ जना पुगेको बताएको छ । जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको बताइएको छ ।

मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार