कोहलपुरको बन्दामा नुहाउन र पौडि खेल्न पूर्ण रुपमा प्रतिबन्ध

कोहलपुर ।

कोहलपुर नगरपालिकाले बन्दामा नुहाउन र पौडि खेल्न प्रतिबन्ध गरेको छ ।

विगतदेखि नै कोहलपुर नगरपालिका १२, १३ र १० को सिमामा पर्ने बन्दामा नुहाउन र पौडि खेल्ने क्रममा मानविय क्षती भएका कारणले पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।

कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त रुपमा १२, १३ र १० वडाको सिमानामा वोड राखेर बन्दामा नुहाउन र पौडी खेल्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको वडा नं. १० का वडा अध्यक्ष गौरा भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार नगर प्रहरीका प्रमुख विर बहादुर थापा र इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुले आज बोड राखेर प्रतिबन्ध गरेका छौं ।

नगर प्रहरी विर बहादुर थापाले हामीले माइकिङ्ग गर्नेछौं, आम कोहलपुर नगरबासीहरुले बन्दामा नुहाउन र पौडि खेल्न पूर्ण रुपमा प्रतिबन्ध हुने जानकारी गराइएको छ, साथै नगर प्रहरी र इप्रका कोहलपुरको अनुगमन समेत गर्ने नगर प्रहरी प्रमुख थापाले कोहलपुर टुडेलाई जानकारी दिए ।

यस लिंक हेर्नुहाेस् ।

कोहलपुरको बन्दामा दुई बालक डुबे, एक जना बेपत्ता

कोहलपुरको बन्दामा डुबेर दुई बालककाे मृत्यु