कोहलपुरको बन्दामा दुई बालक डुबे, एक जना बेपत्ता

File Photo

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १३ र १० वडाको सिमानामा रहेको बन्दामा दुई बालक डुवेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारले कोहलपुर १२ का १५ वर्षका मनसुन बराल र अनिल भट्टराई पौडि खेल्ने क्रममा डुवेको कोहलपुर टुडेलाई बताए ।

अहिले घटना स्थलमा छौं मनसुन बरालको अचेत अवस्थामा निकालिएको छ भने अर्को जनाको भने अझै खोजी कार्यजारी रहेको तिवारीले बताए । बराललाई भने नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा  लगिएकाे तिवारीले काेहलपुर टुडेलाई बताए ।

मनसुन बराल र  अनिल भट्टराई काेहलपुर १२ ज्ञानज्याेति मावि चप्परगाैडीमा कक्षा ९ मा अध्यनरत छन् ।