कोहलपुरको बन्दामा डुबेर दुई बालककाे मृत्यु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १३ र १० वडाको सिमानामा रहेको बन्दामा डुवेर मृत्यु भएकाे छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारले कोहलपुर १२ का १५ वर्षका मनसुन बराल र अनिल भट्टराई पौडि खेल्ने क्रममा डुवेर मृत्यु भएकाे कोहलपुर टुडेलाई बताए ।

अचेत अवस्थामा निकालिएको मनसुन बरालको मेडिकल कलेजमा मृत्यु भइसकेका छ भने अर्काे व्यक्तिकाे समेत मृत्यु भइसकेकाे लाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई  जानकारी दिए ।

अनिल भट्टराई काेहलपुर १२ ज्ञानज्याेति मावि चप्परगाैडीमा कक्षा ९ मा अध्यनरत छन् भने मनसुन बराल दिपज्याेति बिद्याश्रम मावि चप्परगाैडीमा कक्षा १० मा अध्यनरत छन् ।