प्रथम कोहलपुर गोल्ड कप : क्यामरुन र ब्याइज यूनियन क्लब फाइनलमा प्रवेश

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा क्यामरुन र ब्याइज क्लब फाइनलमा प्रवेश पुगेको छ ।

आज भएको खेलमा अफ्रिका खेलाडि क्यामरुनले हिमालयन शेर्पालाई (१-०) ले हराएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले बताए ।

उनका अनुसार सेमिफाइनलको पहिलो खेलमा ब्वाइज यूनियन क्लब (काठमाण्डौं)ले आयोजक रेसिङ्ग साहारा क्लबलाई (४-५) ले हराउँदै विजयी भएको थियो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले म्यान अफ द म्याच क्यामरुनका मोसेस टुवमलाई नगद ५ हजार हस्तान्तरण गरेकी थिइन् ।

रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले अब फाइनल ११ गते शनिबार क्यामरुन र ब्याइज क्लब विच प्रतिस्पर्धा हुने कोहलपुर टुडेलाई जानकारी दिए ।

गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ । साथै गोल्ड कपमा सहभागी हुने सबै टिमलाई १ लाख २० हजार प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।