प्रथम कोहलपुर गोल्ड कप : आज अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब विच प्रतिस्पर्धा हुने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा दिउँसो ३ बजेबाट अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब(काठमाण्र्डौं) विच प्रतिस्पर्धा हुनेछ ।

खेलको पहिलो दिनमा कोहलपुर रेसिङ साहारा क्लबले कपिल्पबस्तु ११ लाई (१५-१) हराउँदै विजयी भएको थियो भने दोस्रो दिनको खेलमा ब्वाईज यूनियन (काठमाण्र्डौं) र साहारा क्बल (भारत) (१-१) बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट ब्वाईज यूनियन (काठमाण्डाैं)ले साहारा क्बल (भारत)लाई (३-२) हराउँदै विजयी भएको थियो ।

तेस्राे दिनमा हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३-२) ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो ।

हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गर्ने सफल भएका थिए भने नवलपरासी ११ का खेलाडि टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए ।

दुबै टिमका कप्ताङ पेनाल्टी सुट आउटबाट गोल गर्ने सकेनन् भने हिमालय शेर्पाका गोलकिप्परले भने नवलपरासीका खेलाडि रन्जित चौधरी र मनिस मगरको गोल हुनबाट बचाएपछि विजयी हुन सफल भएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए । हिमालयन शेर्पाका कप्लाङ सुरेश कमाल र नवलपरासी ११ का कप्ताङ रन्जित आले रहेका थिए ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीले म्यान अफ द म्याच भएका हिमालयन शेर्पाका गोलकिपर क्रिसल मोक्तानलाई नगद ५ हजार हस्तान्तरण गरेका थिए ।