Kohalpur Today Header Ads

प्रथम कोहलपुर गोल्ड कप : नवलपरासी-११ लाई हराउँदै हिमालयन शेर्पा विजयी




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी भएको छ । हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३-२) ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो ।

हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गर्ने सफल भएका थिए भने नवलपरासी ११ का खेलाडि टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दुबै टिमका कप्ताङ पेनाल्टी सुट आउटबाट गोल गर्ने सकेनन् भने हिमालय शेर्पाका गोलकिप्परले भने नवलपरासीका खेलाडि रन्जित चौधरी र मनिस मगरको गोल हुनबाट बचाएपछि विजयी हुन सफल भएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए । हिमालयन शेर्पाका कप्लाङ सुरेश कमाल र नवलपरासी ११ का कप्ताङ रन्जित आले रहेका थिए ।

नेपाली काँग्रेसका क्षत्रिय सभापति पोषण केसीले म्यान अफ द म्याच भएका हिमालयन शेर्पाका गोलकिपर क्रिसल मोक्तानलाई नगद ५ हजार हस्तान्तरण गरेका थिए ।

खेलको पहिलो दिनमा कोहलपुर रेसिङ साहारा क्लबले कपिल्पबस्तु ११ लाई (१५-१) हराउँदै विजयी भएको थियो भने दोस्रो दिनको खेलमा ब्वाईज यूनियन (काठमाण्र्डौं) र साहारा क्बल (भारत) (१-१) बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट ब्वाईज यूनियन (काठमाण्र्डौं)ले साहारा क्बल (भारत)लाई (३-२) हराउँदै विजयी भएको थियो ।

रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र अधिकारीका अनुसार भोली दिउँसो ३ बजेबाट अफ्रिकाका खेलाडि क्यामरुन र संकटा क्लब विच प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार