चैत ४ देखि प्रथम कोहलपुर गोल्ड कप हुने, लोगो र जर्सी सार्वजनिक




कोहलपुर ।

बाँके जिल्लामा पहिलो पटक प्रथम कोहलपुर गोल्ड कप हुन लागेको छ ।

मंगलबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै रेसिङ्ग साहारा क्लबले आगामी चैत ४ गतेदेखि ११ गतेसम्म कोहलपुरको १३ विगाहमा प्रथम कोहलपुर गोल्ड कप हुन लागेको रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

‘गोल्डकप सञ्चालनका लागि ८० लाख बढी खर्च हुने अनुमान गरिएको छ,’ उनले भने, ‘नेपाल, भारत र क्यामरुनका जम्मा ८ वटा टिमको सहभागिता रहनेछन् ।’

गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ । साथै गोल्ड कपमा सहभागी हुने सबै टिमलाई १ लाख २० हजार प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार ग्रासरुट फुटबल प्रशिक्षणमा सहभागि भएका बालबालिकाहरुलाई गोल्ड कपमा सहभागि भएका खेलाडिहरुसंग परिचय तथा जेष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकाहरुलाई फुटबल प्रतियाेगिता मनाेरञ्जन लिनका लागि उचित व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले गोल्ड कप सञ्चालनका लागि १० लाख सहयोग गरेको बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका आचार्यले गोल्डकप सञ्चालनको दौरानमा अझै केही समस्या परिआएको खण्डमा रकम थप गर्न सकिने बताए ।

कोहलपुरमा खेलकुदको विकासको लागि कोहलपुर नगरपालिका सदैव सकरात्मक रहेको र खेलकुदको विकासमा नगरपालिका निरन्तर लागि रहने आचार्यले बताए ।

प्रथम कोहलपुर गोल्ड कपमा ८ वटा टिमको सहभागिता हुनेछन् । गोल्ड कपमा नेपाल, भारत क्यामरुन लगायत जम्मा ८ टिमले भाग लिने भएका छन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागो र जर्सी समेत सार्वजनिक गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार