झिझरी मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा वली विजयी

राप्तीसोनारी ।

झिझरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह राप्तीसोनारी ९ ढकेरीको अध्यक्षमा लाल बहादुर वली विजयी भएका छ्न । वलीले निकटतम प्रतिद्वन्दी दरिभान केसीलाइ ११३ मतको मतान्तरले पछि पार्दै विजयी भएका हुन । वलीले १५६ मत प्राप्त गरेका थिए भने केसीले ४३ मत प्राप्त गरेका थिए ।

अध्यक्ष पदका अर्का उम्मेदवार दुर्गा चौधरीले २५ मत प्राप्त गरेकी थिइन् । समितिको सचिवमा बुद्धिराज थारु विजयी भएका छ्न। थारुले १४९ मत प्राप्त गरेका थिए उनका प्रतिद्वन्दी कमला वलीले ६० मत प्राप्त गरेकी थिइन ।
समितिको कोषाध्यक्षमा निरुता पुन खड्का विजयी भएकी छिन । खडकाले १२६ मत प्राप्त गरी विजयी भएकी हुन उनका प्रतिद्वन्द्वी होम बहादुर खड्काले ८७ मत प्राप्त गरेका थिए ।

जम्मा २८२ मत मध्ये २३५ मत खसेको र ३९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । समुहको १४ औं साधारणसभाबाट उपाध्यक्ष बिर्मी डाँगी ,सहसचिव यमुना कार्की निर्वाचित भएका थिए ।, समितिको सदस्यहरुमा पार्वती परियार ,दयाराम खड्का ,महावीर खड्का ,नयनसिह बस्नेत ,चम्पा वली र लोक बहादुर सुनार चयन भएका छ्न ।