बाँके राष्ट्रिय निकुञ्जमा रहेका मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणबाट स्थानीय आहारा बन्न बाध्य छन् । कार्तिक महिनादेखि आजका दिनसम्म ३ जनाको बाघको आक्रमणबाट मुत्य भएको छ भने एक जना बाघको पन्जाबाट राप्तीसोनारी गाउँपालिका-४ बैजापुरकी दुर्गा थारू उम्कन सफल भएकी छिन् । मृत्यु हुनेमा कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा-४ पण्डितपुरुवाका लखन गडरिया, पुष २२ गते राप्तीसोनारी गाउँपालिका वडा-४ बैजापुरको स्थानीय जलहन सामुदायिक वनमा घाँस काट्न गएकी लिला विष्ट र आज फेरी पुष २४ गते दाउरा काट्न गएकी हव्रहवा गाउँकी चादनी थारुको बाघको आक्रमण गरी मृत्यु भएको छ ।
बाघ संरक्षणका लागि स्थानीयदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा धेरै सभा सम्मेलन भए तर सो अनुसार बाघको संख्या पनि दोब्बर वृद्धि भएको छ । बाँके राष्ट्रिय निकुञ्जको तथ्थांक अनुसार सन् २०१३ मा चार वटा बाघ मात्र थिए भने सन् २०१८ को गणनामा बाघको संख्या २१ पुगेको छ । बाघको संख्या पनि वृद्धि हुनु राम्रो पक्ष हो । बाघको संख्या वृद्धि हुन भनेको देशको विकास र समृद्धिमा टेवा पुग्छ । तर स्थानीय जनताको बाघको आहाराबाट जोगाउन राज्यको दायित्व होइन् ।
बाघको आक्रमणबाट मृत्युदर यसरी वृद्धि भयो भने के स्थानीय जनताहरुले बाघको आहारा बन्दै गएभने बाघको संख्या वृद्धि गराउने तर्फको सोच कस्तो होला ? यस विषयमा मध्यवर्ती क्षेत्रका बासिन्दाहरुको हक हितका यहाँका स्थानीय सरकार, राजनितिक दल र अन्य सरोकारवालाहरुको गम्भिर रुपमा लिई यसको समाधानको खोजी कार्र्य गरी स्थानीय जनताहरुको सुरक्षा हुन अति आवश्यक छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्