सुदाम शर्मा, मुसिकोट रुकुम पश्चिम ।
न्यू मुनलाईट बोर्डिङ स्कुल रुकुम पश्चिमको १८ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थाप समितिका अध्यक्ष पहल बहादुर खड्काको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनमगर, मुसिकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष समिरजंग मल्ल, प्याब्सनका केन्द्रीय सदस्य जयबहादुर थापा, प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्मा, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, बोर्डिङका सेयर सदस्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई विद्यालयले पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुती प्रस्तुत राखेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्