कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता चैत ४ गतेदेखि हुने

कोहलपुर ।

कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता चैत ४ गतेबाट हुने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले प्रतियोगिता गर्न स्वीकृति प्रदान गरेको छ ।

स्वीकृति प्राप्त संगसँगै हिमालयन सेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा आफ्नो ‘ए’ डिभिजन क्लब हिमालयन सेर्पा प्रथम कोहलपुर गोल्ड कप प्रतियोगिता २०७९ मा सहभागी गराउनका लागि सम्झौता भएको कोहलपुर रेसिङ्ग सहारा क्लबका अध्यक्ष क्षेत्रीले बताए ।

यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता सञ्चालन गर्न मिति स्वीकृति भएकोले आर्थिक, भौतिक र संस्थागत रुपमा सहयोगको लागि अनुरोध गरे ।

‘कोहलपुर गोल्ड कपमा ७ वटा राष्ट्रिय टिम सहभागिता हुन लागेका छन्,’ उनले भने, ‘करिब ५० लाखभन्दा बढिको लगानीमा सञ्चालन हुन लागेको छ ।’ कोहलपुर गोल्ड कपमा प्रथम, द्धितीय, तृतीय, रेफ्रि, खेलाडि, गोल कप सञ्चाल र समापन गर्नका लागि करिब ५० लाख बराबरको कार्यक्रम तय भएको अध्यक्ष क्षेत्रीले बताए ।

यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नव किरण शाहले पश्चिम नेपालको पहिचान र बाँके जिल्लालाई खेलकुदको माध्यमबाट चिनाउनुपर्ने सबैको कर्तव्य रहेकाे बताए । आर्थिक पक्षलाई बलियो बनाउनका लागि सबैले सहयोगको अपेक्षा गरेको सचिव शाहले आग्रह गरेका छन् ।