किन नराम्रो कुरा सुन्न बढी उत्सुक हुन्छन् मान्छे ?




काठमाडौं ।

एउटा घतलाग्दो प्रसंग छ । एक शिक्षकले हातमा सेतो सादा कागज लिएर कक्षामा प्रवेश गरे । अनि सो कागजको माझमा सानो थोप्लो बनाए । विद्यार्थीहरु उत्सुक भएर हेरिरहेका थिए । शिक्षकले उनीहरुलाई नै सोधे, ‘यहाँ तिमीहरुले के देख्यौं ?’

विद्यार्थीहरु एकै स्वरमा कराए, ‘कालो थोप्लो ।’

तब शिक्षकले शान्त भावमा भने, ‘हो तिमीहरुले यो सेतो कागज देखेनौं, जसको हिस्सा ठूलो थियो । फगत त्यसमा लागेको सानो दाग वा थोप्लो मात्र देख्यौं ।’ शिक्षक यतिमै रोकिएनन् । उनी भन्दै गए, ‘हामी केवल नराम्रो कुरामा मात्र ध्यान दिइरहेका हुन्छौं । कति राम्रो कुराहरु हामी देख्दैनौं । तर सानो खराब कुरा छ भने त्यो छर्लङ्ग देख्छौं ।’

मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी भन्छन्, ‘यो मान्छेको आम प्रवृत्ति हो । हामीलाई नराम्रो वा खराब कुरा सुन्न बढी उत्सुकता जाग्छ । तर राम्रो कुरामा हामीलाई त्यस्तो रुचि जाग्दैन ।’ उनी यो कुरालाई बुझाउन यसरी उदाहरण दिन्छन् ।

कुनै ठूलो भवन भत्कियो भने रमिता हेर्ने मान्छेको घुँइचो लाग्छ । तर भवन बन्दैछ भने त्यहाँ मान्छेले हेर्दा पनि हेर्दैन । कोही मृत्यु भएको छ भने मान्छेले उसको बारेमा चासोपूर्वक सोधीखोजी गर्छ । तर शिशु जन्मिएको कुरामा मान्छेलाई कुनै उत्सुकता जाग्दैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहीबार