क्रिसा कोहलपुरको अध्यक्षमा वेगम चन्द




कोहलपुर ।

कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयहरुको संगठन (क्रिसा) को अध्यक्षमा वेगम चन्द सर्वसम्मत चयन भएका छन् ।

सोमबार कोहलपुर, बैजनाथ र राप्तीसोनारीका नेशनल प्याब्सन र प्याब्सनमा आबद्ध ३५ संस्थागत विद्यालयको संगठन क्रिसाको १४औं साधारण सभा तथा छठौं अधिवेशनबाट वेगम चन्दको अध्यक्षतामा ७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा महेन्द्र कुमार शर्मा, सचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा समिर घर्ती रहेका छन् भने सदस्यहरुमा नारायण पंगेनी, बसुन्धरा पाण्डे र बिजय थापा सर्वसम्मत चयन भएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार