२५ दिनदेखि बेपत्ता भएकी मधुवन ८ की तुल्सी बुढा अझै भेटिएनन्, खोजी गर्दै आफन्त

कोहलपुर ।

बर्दिया जिल्ला मधुवन नगरपालिका—८ घर भएकी तुल्सी बुढा हराएको हुँदा खोजी कार्यका लागि आफ्न्तहरुले आग्रह गरेका छन् ।

विगत असोज २९ गते आफ्नै घरबाट विहान करिब ७ बजे श्रीमान र छोराको एक्कासी सम्पर्क विहिन भएपछि इप्रका सानुश्री मधुवनमा निवेदन दिएको श्रीमान लालसिंह बुढाले जानकारी दिए ।

बुढाका अनुसार आफू कामको सिलशिलामा भारतबाट आएको दुई दिनबाट सम्पर्क विहिन भएपछि खोजी कार्यको लागि आफु मिडियामा आएको बताए ।

तुल्सी बुढा अन्दिाजी ३५ वर्षकी छिन् । बुढाका निसान र सुमित बुढा गरी दुई छोरा छन् ।

कोही कसैले उहाँलाई देखेको भए नजिकैको इप्रका तथा तलका सम्पर्क नम्बर फोन गर्न उनका श्रीमान लालसिंह बुढाले अनुरोध गरेका छन् । सम्पर्क नम्बर ९७०२७०३१७०, ९८००५३२७४८ नम्बर रहेका छन् ।