२५ दिनदेखि बेपत्ता भएकी मधुवन ८ की तुल्सी बुढा अझै भेटिएनन्, खोजी गर्दै आफन्त




कोहलपुर ।

बर्दिया जिल्ला मधुवन नगरपालिका—८ घर भएकी तुल्सी बुढा हराएको हुँदा खोजी कार्यका लागि आफ्न्तहरुले आग्रह गरेका छन् ।

विगत असोज २९ गते आफ्नै घरबाट विहान करिब ७ बजे श्रीमान र छोराको एक्कासी सम्पर्क विहिन भएपछि इप्रका सानुश्री मधुवनमा निवेदन दिएको श्रीमान लालसिंह बुढाले जानकारी दिए ।

बुढाका अनुसार आफू कामको सिलशिलामा भारतबाट आएको दुई दिनबाट सम्पर्क विहिन भएपछि खोजी कार्यको लागि आफु मिडियामा आएको बताए ।

तुल्सी बुढा अन्दिाजी ३५ वर्षकी छिन् । बुढाका निसान र सुमित बुढा गरी दुई छोरा छन् ।

कोही कसैले उहाँलाई देखेको भए नजिकैको इप्रका तथा तलका सम्पर्क नम्बर फोन गर्न उनका श्रीमान लालसिंह बुढाले अनुरोध गरेका छन् । सम्पर्क नम्बर ९७०२७०३१७०, ९८००५३२७४८ नम्बर रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक २३ गते बिहीबार