कोहलपुर ।
कोहलपुर नगरपालिका २ मा सञ्चालन हुन लागेको प्रथम कोहलपुर गोल्ड कपलाई संस्थागत विद्यालयहरुका संगठनहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्री सहित पदाअधिकारी र संस्थागत विद्यालयका क्रिसा, प्याब्सन र एन प्याब्सनका पदाअधिकारीहरु विच भएको बैंठकबाट आर्थिक, भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्रिसाका अध्यक्ष बेग प्रकाश चन्दले आफ्नो संस्था र विद्यालयको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तै प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदी र एन प्याब्सनका नगर सचिव पूर्ण घलेले गोल्ड कप सञ्चालनका लागि संस्थागत तथा विद्यालयको तर्फबाट सहयोग गर्ने बताएका थिए ।
यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले सम्पूर्ण क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए । ‘कोहलपुर गोल्ड कपमा राष्ट्रिय ८ वटा टिम सहभागिता हुन लागेका छन्, ‘करिब ५० लाख भन्दा बढिको लगानीमा सञ्चालन हुन लागेको छ’ उनले भने ।
त्यसकारणले सम्पूूर्ण क्षेत्रबाट सहयोगको अपेक्षा गरिरहेको अध्यक्ष क्षेत्रीले बताए । कोहलपुर गोल कपमा प्रथम, द्धितीय, तृतीय, रेफ्रि, खेलाडि, गोल कप सञ्चाल र समापन गर्नका लागि करिब ५० लाख बराबरको कार्यक्रम रहेको अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिव नव किरण शाहले पश्चिम नेपालको पहिचान र कोहलपुरलाई खेलकुदको माध्यमबाट चिनाउनुपर्नेमा जोड दिएका थिए । आर्थिक पक्षलाई बलियो बनाउनका लागि सबैमा सचिव शाहले आग्रह गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्