कोहलपुर गोल्ड कप सञ्चालन गर्न सर्वपक्षिय बैंठक




कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा गोल्ड  कप सञ्चालन गर्न सर्वपक्षिय बैंठक गरिएको छ । आइतबार कोहलपुर रेसिङ्ग सहारा क्लबले आयोजना गर्न लागेको कोहलपुर गोल्ड कप सञ्चालनका लागि सर्वपक्षिय बैंठक गरिएको हो ।

कोहलपुर नगरपाबैंलिका भित्रका राजनिति दल, जनप्रतिनिधि, उद्योगी, व्यापारी लगायत समाजसेवी लगायतको सर्वेपक्षिय ठक गरिएको थियो । सो बैंठकमा आ-आफ्नो सहयोग र सुझावहरु दिएका थिए ।

बैंठकमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले प्रदेश सरकारले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताएका थिए । खेलप्रति पहिलेदेखि नै रुची भएकोले यसलाई सफल बनाउन आफ्नो क्षेत्रबाट आर्थिक र भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर गोल कपका लागि १० लाख रुपैया सहयोग गर्ने भने कोहलपुर वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र २ का वडा अध्यक्ष हरि कठायतले ५०/५० हजार रुपैया दिने घोषणा गरेका छन् । कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले आगामी वर्षदेखि खेलकुदमा १ करोड रकम बराबरको रकम छुट्याउने बताएका थिए ।

यस्तै नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेलले ७ वटा पालिकाहरुबाट आर्थिक संकलनको जिम्मा लिई रकम संकलनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै नेकपा एमालेका क्षत्रिय प्रतिनिधि बलराम भट्टराईले खेलकुद आयोजनाले कोहलपुरको पर्यटन व्यवसायहरुमा फस्टाउने विश्वास व्यक्त गर्दै आर्थिक सहयोगका लागि आफुले पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै राखेपका केन्द्रिय सदस्य एलवी क्षेत्रीले यस कोहलपुर गोल्ड कपलाई सम्पूर्ण पक्षबाट सहयोग हुनुपर्ने आफु निकै खुसी भएको बताए ।

यस्तै उवासंघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलले कोेहलपुरका सम्पूर्ण व्यवसायहरुमार्फत पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे भने एनफाका केन्द्रिय सदस्य भोजराज शाहीले प्राविधिक पक्षमा जोड दिनुपर्ने बताए ।

यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले सम्पूर्ण क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए । ‘कोहलपुर गोल्ड कपमा राष्ट्रिय ८ वटा टिम सहभागिता हुन लागेका छन्, ‘करिब ५० लाख भन्दा बढिको लगानीमा सञ्चालन हुन लागेको छ’ उनले भने ।

त्यसकारणले सम्पूूर्ण क्षेत्रबाट सहयोगको अपेक्षा गरिरहेको अध्यक्ष क्षेत्रीले बताए । कोहलपुर गोल कपमा प्रथम, द्धितीय, तृतीय, रेफ्रि, खेलाडि, गोल कप सञ्चाल र समापन गर्नका लागि करिब ५० लाख बराबरको कार्यक्रम रहेको अध्यक्ष क्षेत्रीले बताए ।

यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लबका सचिवले पश्चिम नेपालको पहिचान र कोहलपुरलाई खेलकुदको माध्यमबाट चिनाउनुपर्नेमा जोड दिएका थिए । आर्थिक पक्षलाई बलियो बनाउनका लागि सबैमा सचिव शाहले आग्रह गरेका छन् ।

यस्तै सर्वेपक्षिय बैंठकमा कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, ३ का वडा अध्यक्ष माधव रिजाल, गोपाल गिरी, एन्फा रेफ्रि जनक केसी, कोहलपुर खेलकुद समितिका संयोजक बुद्धिराज थापा र सम्पूर्ण जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका पदाअधिकारीहरुको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार