मसुरी खेतको महायज्ञमा सबै भन्दा बढी दान गर्ने दातालाई महायज्ञको अन्तिम दिन प्रमुख अतिथि बनाउने घोषणा

कृष्ण कुमार शाही, कोहलपुर                                    कोहलपुर नगरपालिका वडा नं -१२ मसुरी खेतमा भइरहेको श्रीमद भागवत धनधान्यन्चल महायज्ञको आज सातौ दिन ५ लाखको हाराहारीमा रकम संकलन भएको छ । सातौ दिनमा दान दिनेदाताहरुको घुईचो लागेको छ । दान गर्ने दाताहरुको लागि मन खोलेर दान गर्न महायज्ञ संचालक समितिले जानकारी दिएको छ । संचालक समितिले आज एउटा फरक निर्णय गरेको छ । महायज्ञको अन्तिम दिनहुने महायज्ञको औपचारिक कार्यक्रममा महायज्ञमा सबै भन्दा बढी दान गर्ने दातालाई कार्यक्रमको प्रमुख अतिथिका बनाउने घोषणा गरेको मिडिया संयोजक एकराज शर्माले जानकारी दिए । महायज्ञमा हाल सम्मकै सर्वश्रेष्ठ दाताको रूपमा कोहलपुर वडा नं १२ निवासी सुमन घिमिरे यथावत रहेका छ्न । यदि भोलिका दिन सम्म कसैले यो भन्दा बढी रकम दान नगरे सायद सुमन घिमिरे नै उक्त दिनको प्रमुख अतिथि हुने सम्भावना रहेको अध्यक्ष भिम खरेलले जानकारी दिए । उनले उक्त महायज्ञना रु ५५,५५५। रुपैयाँ दान गरेका छ्न । उनले आज सम्म बढी रकम दान गरी सबैभन्दा बढी दान गर्ने दाता बनेका हुन् । आईतबारको दिन मात्र ४ लाख ८१ हजार रकम संकलन भएको खरेलले वताए ।कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतमा महायज्ञ सन्चालनको उदेश्य भनेको मसुरी खेतको श्री श्री ॐ कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको हो । सप्ताह ज्ञान महायज्ञको वाचक पन्डित श्री रामचन्द्र तिमिल्सिना, उप वाचकहरु द्वय विस्णु प्रसाद तिमिल्सिना र हरिचन्द्र तिमिल्सिना रहेका छ्न । उक्त महायज्ञमा शिलालेख लेख्नका लागि १०००१ माथी दान गर्न सकिन्छ । उक्त महायज्ञमा १००० सम्मको दान लाई नाम वाचन सहित टीका प्रसाद, १००१ देखि ३५०० सम्म प्रमाणपत्र र माथिको सबै, ३५०१ देखि १०००० सम्म चक्लेटी फ्रेममा प्रमाणपत्र र रामनामीले सम्मान र माथिको सबै, १०००१ देखि २०००० सम्म गोल्डेन फ्रेममा प्रमाणपत्र सहित माथिको सबै ३५००० देखि ५०००० सम्म डब्ल कभर सहितको फ्रेममा प्रमाणपत्र सहित फुल माला सहित मन्दिर परिक्रमा र सो भन्दा माथी माथिका सबै सहित कोहलपुर चौराह परिक्रमा पन्चेवाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए । उक्त महायज्ञमा तुलादान, चौरासी पुजा ब्रतबन्ध , पुजा आजा पनि निश्चित पैसा तिरेर गर्न सकिने वताए । जसमा क्रमश ११ हजार, ८००० र ५००० रकम दान दिएमा गर्न सकिने मुल आयोजक समितिका सदस्य सुरेन्द्र सापकोटाले जानकारी दिए ।