काठमाडौं ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकी तीनजनाको उद्दार भइरहेको एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक/एकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका एअरलाइन्सले जानकारी गराएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार












प्रतिक्रिया दिनुहोस्