नेशनल प्याब्सन राप्तीसोनारीद्धारा खाद्यान्न तथा नगद सहयोग

राप्तीसोनारी।

नेशनल प्याब्सन राप्तीसोनारीले शाखाले बुधबार राप्तीसोनारी ५ विनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा रहेका १० जना असहाय बालबालिकाहरुलाइ खाद्यान्न तथा शैक्षिक सामाग्री र नगद सहयोग गरेको छ ।

नेशनल प्याब्सन स्थापनाको २५ औं स्थापना दिवसको अवसरमा शाखाले १०० किलो चामल,१५ किलो दाल ५ किलो तेल,७२ पिस कपी,१० थान कलरपेन १० पाकेट सिसाकलम र ७ हजार ६ सय १५ रुपैयाँ समेत सहयोग गरिएको नेशन प्याब्सन राप्तीसोनारी शाखा अध्यक्ष सागर दत्त गौतमले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ५ की वडासदस्य तथा कार्यक्रमकी प्रमुख अथिति कमला बि क ले नेशनल प्याब्सन राप्तीसोनारीले शाखाले आफ्नो स्थापना दिवसका अवसरमा असहाय बालबालिकाहरुलाई सहयोग गरी उदाहरणीय र प्रशंसनिय काम गरेको बताइन ।

उनले निजी स्तरबाट भएपनि सेवा गरीरहेका शिक्षकहरुको सहयोगी भावनादेखी आफु निकै हषित भएको बताइन । साथै उनले सामुदायिक र निजी विद्यालयमा पढ्ने सबै गरिब किसानकै छोरीछोरी भएको हुँदा संस्थागत र सामुदायिक विद्यालयहरुमा स्थानीय सरकारले समान सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिइन ।

कार्यक्रममा बोल्दै नेशनल प्याब्सन राप्तीसोनारी शाखा अध्यक्ष सागर दत्त गौतमले नेशनल प्याब्सनको स्थापना दिवसका अवसरमा अनावश्यक औपचारिक कार्यक्रम गरी खर्च गर्नु भन्दा थोरै भएपनि बाल संरक्षण केन्दमा रहेका बालबालिकाहरुलाइ सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको बताए ।

कार्यक्रममा नेशनल प्याब्सनमा राप्तीसोनारीका पदाधिकारीहरु सागर दत्त गौतम रु २ हजार ५सय लोकराज डाँगीले २ हजार ५ सय डम्बर खत्री १ हजार १ सय केशर बहादुर ओली रु ५ सय ५ गोविन्द विष्टले रु ५ सय ५ र टोपेन्द्र खड्काले ५ सय ५ रुपैया सहयोग गरेका थिए । कार्यक्रममा जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रकी अध्यक्ष तारा वली, नेशनल प्याब्सन राप्तीसोनारी शाखाका पदाधिकारीहरु सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।