कोहलपुरमा पि.के. फेमिली रेष्टुरेन्टमा १ सयमै खाना !

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा एक सय रुपैयाँमै शाकाहारी खाना खुवाउने गरी पि.के फेमिली रेष्टुरेण्ट एण्ड खाजा घर सञ्चालनमा आएको छ ।

एनटिभि रोडको पूर्वसाइड तथा इप्रका कोहलपुरको दक्षिण साइडमा एक तला माथि रहेको पि.के रेष्टुरेण्टमा शाहाकारी खाना १ सय रुपैँया मूल्यमा खुवाउने गरी सञ्चालनमा आएको छ ।

पि.के रेष्टुरेण्टका सञ्चालक पूर्ण प्रसाद अधिकारीले सेवा गर्नका लागि १ सय रुपैँया मूल्यमा खाना खुवाउने भनी निर्णय गरी सञ्चालन गरेको बताए ।

खानामा दाल, भात, तरकारी, चट्नी, कागती, काँक्रो र गाभर सहित १ सय रुपैया मूल्यमा खाना खुवाउनका लागि पि.के रेष्टुरेण्ट सञ्चालन गरेको बताउँछन् ।

‘खाना खानका लागि विहानदेखि राती अवेरसम्म खाना पाइन्छ, खानाहरु ताजा एवम् स्वच्छ तथा आर्गनिक तरकारीहरुको स्वादमा खाना पाइन्छ’ सञ्चालक अधिकारी भन्छन्, ‘यहाँ शाहाकारी खाना, चिकेन खाना र मटन खाना समेत पाउँछ ।

कतिपय ग्राहकहरुले भने रोटी खाना खाने चलन हुन्छ, उहाँहरुको लागि १ सय ३० रुपैया मूल्यमा रोटी खाना सहित विभिन्न परिकारहरु उपलब्ध छ ।’

ग्राहकको आवश्यकता अनुसार खाना तयार गरिन्छ भने चिकेन खाना २ सय रुपैया र मटन खाना ३ सय रुपैया मूल्य रहेको अधिकारी बताउँछन् ।

सुर्खेत घर भएका अधिकारीले करिब ५ लाखको लगानीमा पि.के रेष्टुरेण्ट एण्ड खाजा घर सञ्चालनमा ल्याएको बताए ।