तेक्वान्दोमा ९ गोल्ड मेडल सहित बाँके जिल्ला प्रथम

काेहलपुर ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनका लागि भएको प्रदेश स्तरीय छनौट खेलमा बाँके जिल्ला अग्र स्थानमा रहेको छ ।

बाँके जिल्ला तेक्वान्दो खेलमा ९ गोल्ड मेडल सहित बाँके जिल्ला प्रथम स्थान लिन सफल भएको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताए ।

बाँकेका ८ पालिकाले खेल क्षेत्रलाई साथ सहयोग नगरेको गुनासो गरेका छन् । ‘बाँकेका खेलकुद मन्त्री हुँदा पनि खेल सामग्रीको अभाव छ’ उनले भने, ‘अहिले प्रदेश र राष्ट्रिय स्तरका खेलमा बाँकेले उत्कृष्ट प्रस्तुति देखाउँदै आएको छ ।’

स्थानीयहरुका प्रतिनिधिहरुले समेत खेलाडिहरु राष्ट्रिका गहना भन्ने नारा लगाएको तर खेलाडिका लागि खेल सामग्रीको समेत उपलब्ध  गराउन नसक्दा  दुःख लागेकाे उनकाे भनाइ छ ।

बुटवलमा असाेज २ र ३ गतेे भएकाे तेक्वान्दो प्रतियोगितामा ९ वटा विद्यामा प्रथम स्थान हासिल गर्दै प्रदेश प्रथम बाँके जिल्ला भएको हाे । 

तेक्वान्दो खेलमा पुरुषतर्फ सुनिल गुप्ता, निम बहादुर बि क र सन्तोष थारु  प्रथम स्थान प्राप्त गरेका छन् । यस्तै महिलातर्फ अस्मिता चन्द, निलिमा मल्ल, रितिका शाही प्रथम स्थान प्राप्त गरेका छन् । 

यस्तै पुम्सेतर्फ कमल राना, सानिया ओलि प्रथम स्थान प्राप्त गरेका छन् भने  पियर पुम्सेमा सुजल चन्द, प्रीति चन्द प्रथम स्थान प्राप्त गरेका छन् ।

यस्तै  ग्रुप पुम्सेमा सानिया ओलि, दिपशिखा रानाभाट र प्रीति चन्द दृतिय स्थान प्राप्त  गरेकाे र  बाँके जिल्लाबाट १९ जना खेलाडी सहभागि रहेको कोच टेकराज पाण्डेले बताए । बाँके जिल्लाबाट रेफ्रीमा सिनियर गुरु मिमला भण्डारी महेस थापा र श्याम भट्टराई रहेका थिए ।

नवौं राष्ट्रिय प्रतियाेगीताकाे लागि लुम्बिनी प्रदेशकाे तेक्वान्दो छनाैट प्रतियाेगीतामा बाँके प्रथम, रुपन्देही दोस्रो, रोल्पा जिल्ला तेस्रो स्थान भएका छन् भने ११ जिल्लाका २०० खेलाडिहरूकाे सहभागिता रहेकाे आयोजकले जनाएको छ ।