२०७९ पुस १४ गते (बिहीवार)
दिउँसोː प्रदेश १ र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ पुस १५ गते (शुक्रवार)
दिउँसोː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।
रातीː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १ को हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।
यसरी हुन्छ मौसम अनुमान
५/७ वर्ष अघिसम्म मौसमविदहरुले परम्परागत प्रविधि मार्फत मौसमको भविष्यवाणी गर्थे । वेदर चार्ट एनालाइसिस अर्थात नक्सामा पहिलेका डाटाहरु तथा उच्चचापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो ।
तर अहिले मौसमविदले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गर्छन् । कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ ।
‘स्याटेलाइट इमेजको प्रयोग भएको सातआठ वर्ष जति भयो, अनि दुई तीन वर्षदेखि एनडब्ल्यूपी अर्थात सिष्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको छ’ मौसमविद राजु प्रधानांगले जानकारी दिए ।
यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ ।
आधुनिक स्याटलाइट डिस्ट्रीब्युट सिस्टम मार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतको रूपमा उपयोग गरिन्छ । भारत लगायत विभिन्न मुलुकहरूबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरण पनि उपयोगी हुन्छन् ।
यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ ।
यस्तो भविष्यवाणी गर्दा मुलुकलाई साधारणतयाः तीन भागमा अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेत दृष्टिगत गरी मौसम भविष्यवाणी गरिन्छ ।
यसरी भविष्यवाणी गर्दा मुलुकका बिभिन्न ठाउँका साथै छिमेक र विश्वकै मौसम गतिविधिको जानकारी लिनुपर्ने हुन्छ । मौसमविद कँडेलका अनुसार देशका १६ ठाउँमा रहेका केन्द्रबाट हरेक तीन/तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने काम हुन्छ ।
मौसमविदका अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका बिभिन्न स्ट्यान्डर्सका तथ्याँक लिएर मौसमी हरहिसाब गरिन्छ । युरोपेली र चिनियाँ भू उपग्रहबाट प्राप्त तस्वीर पनि हेर्ने गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्