काठमाडौं ।
नयाँ सरकार गठनलगत्तै रसुवागढी-केरुङनाका दुईतर्फी रुपमा सुचारु भएको छ । कोरोना महामारीलाई देखाएर लामोसमयदेखि बन्द रहेको रसुवागढी-केरुङनाका आजबाट दुईतर्फी सूचारु भएको हो ।
केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ । कोरोना महामारीका कारण यो नाका २०७६ अन्तिमतिरबाट बन्द थियो ।
नेपाली सामानले भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका दूतावाासले जनाएको छ । नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन रहेको समेत उल्लेख गरेको छ।
प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्