नयाँ सरकार गठनलगत्तै चीनले खुलायो रसुवागढी नाका




काठमाडौं ।

नयाँ सरकार गठनलगत्तै रसुवागढी-केरुङनाका दुईतर्फी रुपमा सुचारु भएको छ । कोरोना महामारीलाई देखाएर लामोसमयदेखि बन्द रहेको रसुवागढी-केरुङनाका आजबाट दुईतर्फी सूचारु भएको हो ।

केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ । कोरोना महामारीका कारण यो नाका २०७६ अन्तिमतिरबाट बन्द थियो ।

नेपाली सामानले भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका दूतावाासले जनाएको छ । नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन रहेको समेत उल्लेख गरेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १३ गते बुधबार