विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन शिक्षक पक्राउ

पूर्वी नवलपरासी

विद्यालयले आयोजना गरेको पिक्निकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा पूर्वी नवलपरासीको गैंडाकोटका तीन जना शिक्षक पक्राउ परेका छन् ।

 प्रहरीले गैंडाकोटको बिजय आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भटराईलाई पक्राउ गरेको हो । उनीहरु गत शनिवार दिउँसो चितवनको कंकाली सामुदायीक वनमा पिक्निक गएका थिए । पिक्निकमा मदिरा सेवन गरेर छात्रछात्रालाई र्दुव्यवहार गरेको अभिभावकको आरोप छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले विद्यालयमा ती शिक्षकले र्दुव्यवहार गरेको जानकारी पाएको आधारमा सुरक्षाका कारण पक्राउ गरिएको बताए ।

रेडियाे  कान्तिपुरबाट