सुदाम शर्मा, कर्णाली व्यूरो प्रमुख ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ मा बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका ५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जादै गर्दा एक्कासी अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनाएको छ । क
र्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चदालिले जानकारी दिएको छ ।
मृत्यु हुनेमा
१. छेडागाड नगरपालिका वडा नं. ५ का २८ वर्षिया दिपक अधिकारी
२. छेडागाड नगरपालिका वडा नं. ५ का २६ वर्षिया नैनसरा अधिकारी
३. छेडागाड नगरपालिका वडा नं. ५ का ३५ वर्षिया जैकुवरा बुढा
४. छेडागाड नगरपालिका वडा नं. ५ का राम बहादुर बुढा
५. छेडागाड नगरपालिका वडा नं. ६ का विर बहादुर खत्री
६. छेडागाड नगरपालिका वडा नं. ३ का अम्मर बहादुर खड्का
७. छेडागाड नगरपालिका वडा नं. २ का मान बहादुर रावत
८. छेडागाड नगरपालिका वडा नं. ६ का विरेन्द्र केसी
९. छेडागाड नगरपालिका वडा नं. ५ का देविसरा बुढा
घाइतेहरु
१. छेडागाड नगरपालिका वडा नं. ५ का अमर बहादुर अधिकारी
२. छेडागाड नगरपालिका वडा नं. ५ का जैमान अधिकारी
३. छेडागाड नगरपालिका वडा नं. ५ का निसा अधिकारी
जिपमा सवार कति जना थिए भन्ने वारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्