हिंसाका घटनाहरुको सिफारिस प्रणाली सुदृढिकरणको लागि अन्तरक्रिर्या

रावन विश्वकर्मा, बर्दिया ।

बालविबाह तथा लैङ्गिक हिंसा संम्बन्धी घटनाहरुको सिफारिस प्रणाली सुदृढिकरणको लागि बाँसगढीमा अन्र्तक्रिर्या गरिएको छ ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन हुदै गर्दा बाँसगढी नगरपालिकामा के कस्ता हिंसाका मुद्धाहरु आए र त्यसको समाधान गर्न के गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय सरकार र सरोकारवालाहरुसंग अन्र्तक्रिया गरीएको हो ।

कार्यक्रममा महिला अधिकारकर्मी शिवा कुमारी सापकोटाले गाँउ समुदायमा अझै पनि दिनहुँ जस्तो बालबिवाहका घट्नाहरु भइरहेको बताइन्। ‘पैसा र पहुँचको आडमा मात्रै न्याय पाउने तर गरिब दुःखीहरुले न्याय पाउने अवस्था छैन, उनले भनिन्, ‘पहिला यस्तो प्रविधिको अन्त्य हुन जरुरी छ ।’ त्यस्तै बाँसगढी ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमले समाजमा हुने सबै खाले हिंसा अन्त्यका लागि आफु अग्रसर रहेको बताए ।

ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्दले प्रहरीमा हालसम्म बाल विवाहका मुद्धा दर्ता नभएको बताए । समाजमा बाल विवाहका घटना भईरहेको भए पनि अविभावकहरुले घटनालाई तोडमोड गर्दै निवेदन दिने गरेको प्रहरी निरिक्षक चन्दको भनाई थियो ।

त्यस्तै बाँसगढी नगर उपप्रमुख ईन्दिरा चौधरीले समाजमा व्यप्त सबै खाले हिंसा अन्त्यको लागि नगरपालिका तयार रहेको तर समाजको सहयोगको आवश्यकता रहेकोमा जोड दिए। अधिवक्ता तथा बाँसगढी नगरपालिकाका कानुनी सल्लाहकार विकास आचार्यले नगरमा देखिएका विभिन्न खाले हिंसाको नितिगत समाधानका लागि कार्यविधि, नितिगत निर्देशिका बनाएर काममा जोड दिर्दै सहयोगको लागि तयार रहेको बताए ।

प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, कानुनी सल्लाहकार, महिला अधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन संस्थाका फिल्ड अफिसर जानकी खड्काले गरेका थिए ।