रास्वपाका सभापति रवि लामिछानेलाई नरेन्द्र केसीद्धारा खुल्ला पत्र

नवनिर्बाचित माननीय रबि लामिछानेज्यु,
तथा सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी ।

सर्बप्रथम सफल कार्यकालको लागि हार्दिक शुभकामना तथा बधाई !

तपाईं निर्बाचित भए लगत्तै पनि पत्रकार भएको बेलाको जस्तो किसानलाई मल आपूर्ति गर्ने सस्थानमा स्ट्रीङ अप्रेसन गर्न थाल्नु भो । हर्क साम्पाङ्गले सुर्जी खोलाको पानी झारे जस्तै आफै खानेपानी मुहानको झाडी सफा गर्न थाल्नु भयो । यी प्रयासहरु सबै ठिक छन तर अरुको क्षेत्राधिकार मिचेर अरुले गर्ने काम पनि आफै गरेर कति कामहरू भ्याउनु हुन्छ ? सधै यसरी नै साध्य पनि लाग्दैन र प्रारम्भका गरिएका यी पहलहरु निकै सराहनीय छन । अहिले तपाईंले स्थानीय सरकारले गर्नु पर्ने कामहरूलाई सबै तपाईंले गर्न थाल्नु भयो भने तपाईंको कतै न कतै राजनीतिक अपरिक्वताको ट्याग लाग्न सक्छ । संचार माध्यममा सस्तो लोकप्रियता खोजे जस्तो गरि खास आधिकारिक जिम्मेवारी नसम्हाल्दै राम्रै भए नि गरिने यस्ता कामहरूले तपाईं भबिस्यमा आलोचित बनाउन सक्छ । मेरो विचारमा अहिलेलाई तपाईंका प्राथमिकता भनेको निम्न बमोजिम हुनु पर्ने छ :

१) तपाईं व्यक्ति मात्र होइन तपाईंको पार्टी देशको रास्ट्रीय चौथो पार्टी भएको छ । तपाईको प्राथमिकता भनेको आफ्नो पार्टीमा गहन छ्लफल गरि आगामी सरकार कस्तो बनाउने भनेर व्यापक गृहकार्य गर्नु पर्ने छ ।

२) तपाईं र तपाईंको पार्टीले अरुले अन्य जुनसुकै अटकलबाजी गरे पनि चुनाव जित्ने मुख्य आधार भनेको

  • जनताले सेवा प्रबाहमा खोजेको सुशासन
  • प्रदेशको संरचना प्रतीको जनआक्रोश
  • पुराना पार्टीले भन्दा नयाँ पार्टीले केही नयाँ उर्जाका साथ बोलेर मात्र होइन काम गरेर देखाउन सक्छन् कि भन्ने जनअपेक्षा

यो अपेक्षाको बीचमा आफै निति निर्माण गर्ने तहमा तपाईं पुग्नु भएको छ । तसर्थ प्रभावकारी निति निर्माण गर्ने, आफ्ना निर्वाचन क्षेत्रका भएका स्थानीय संरचनालाई असाध्यै कृयाशिल र कामयाबी बनाउने, योजना निर्माण प्रक्रियामा सहभागी हुने र कार्यान्वयन प्रक्रियामा त्यस्को कडाइका साथ निगरानीमा गरि नतिजा ल्याउने गरि काम गर्नु पर्ने छ ।

३) हो जनताका दैनिक जीवनका ससाना आबश्यक्ता छन ती समस्या समाधानका लागि तपाईले आफै होइन ती कामहरू स्थानीय सरकारले गर्ने हो र तपाईंले स्थानीय सरकारलाई सहयोग गर्ने हो । किनकि तपाईंले सिस्टमको कुरा गरेर चुनाव जितेको हो नि !

४) सबै युवाहरु रेमिटान्सको लागि प्रत्येक दिन घर छोडेर बिदेशिने क्रम व्यापक छ । यसलाई रोकेर आफ्नै देशमा रोजगारी सृजना गर्ने कार्यक्रमको गृहकार्य गर्नुहोस किनकी गाउघर युवाहरु बिनाको रित्तो देश हुँदै छ र देशमा श्रम खर्चिने सकृय जनशक्तिको अभावमा देशको बिकास गर्न सकिदैन ।

५) गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षीत खानेपानीका लागि तत्काल गर्नु पर्ने कामहरू पनि धेरै नै छ ।

सुशासन : 1) कानुनको शासन 2) जवाफदेहिता 3) पारदर्शिता 4) जनताको सहभागिता 5) समावेशी आदि

अन्य कुराहरु त तपाईंको बाचा पत्रमा छ्दैछ… धन्यवाद !!!

नरेन्द्र के.सी .
मुसिकोट, रुकुम पश्चिम