सिन्धुली क्षेत्र नम्बर २ बाट नेकपा माओवादी विजयी

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट खाता खोलेको छ।

सिन्धुली २ बाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लेखनाथ दाहाल (राजन) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनीसँग पराजित भएका नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।