बाँके १ (क) मा कृष्णा केसी (नमूना) ७ सय ८७ मतले अगाडी




कोहलपुर ।

बाँके क्षेत्र नं. १ (क) मा प्रतिनिधीसभा सदस्य पदका नेकपा माओवादी केन्द्रका कृष्णा केसी (नमूना) ७ सय ८७ मतले अगाडी रहेकी  छिन् ।
राप्रापाका नरेन्द्र कुमार पौडेलले उनलाई पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणामअनुुसार नमूनाले २ हजार ४ सय ८० मत पाएर अग्रस्थानमा छन् भने पौडेलले १ हजार ६ सय ९३ मत प्राप्त गरी दोश्रो स्थानमा रहेका छन् ।

यस्तै जसपाका अम्मर बहादुर खड्काले १ हजार ४ सय १८ मत ल्याएर तेश्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ५ सय ८१ मत पाएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार