Kohalpur Today Header Ads

बलिउड अभिनेत्री कंगना रनावतको फिटनेस टिप्स




काठमाडाैं ।
कंगना रनावत बलिउडकी चर्चित अभिनेत्री हुन्। ३५ वर्षको उमेरमा पनि उनी निकै फिट छिन्। चलचित्रमा फरकफरक पात्रको लागि उनी निकै मेहेनत गर्छिन्। निकै व्यस्तताको बावजुद पनि उनी आफ्नो खानपिन र व्यायाममा निकै ख्याल गर्छिन्।

उनको खानामा तरकारी, प्रोटिन र ताजा फलफूलको मिश्रण समावेश छ। उनी ब्रेकफास्टमा दूधसँग दलिया खान्छिन्। त्यसपछि ताजा फल, प्रोटिन शेक र ब्राउन ब्रेड खान रुचाउँछिन्। उनले दिउँसोको खानामा सलाद, भात, रोटी, दाल र उमालेको तरकारी खाने गरेकी छिन्। जंक, ओइली र फास्टफुडबाट टाढै रहने कंगना डिनरमा सूप, उमालेको तरकारी र सलाद खान्छिन्।

उनी आफ्नो परफेक्ट फिगर कायम राख्न निकै मेहनत गर्छिन् र आफ्नो डाइटमा पनि निकै ध्यान दिन्छिन्।
उनको डाइटमा प्रोटिन, कार्बोहाइड्रेट र केही फ्याट हुन्छ। ओइली खानेकुराबाट टाढा बसेर आफ्नो कोलेस्ट्रोलको स्तर जाँच गर्छिन्। ताजा तरकारी र फलफूल खान्छिन्। उमालेको तरकारीहरू पचाउन सजिलो हुने र स्वस्थ हुने हुनाले त्यही खान्छिन्। स्वादिष्ट र स्वस्थ खाना खान मन पराउँछिन्। धेरै पानी पिउछिन्। उनी दिनको प्रत्येक दुई घण्टामा थोरै मात्रामा खानेकुरा खान रुचाउँछिन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनी आफ्नो फिटनेस कायम राख्न नियमित कसरत गर्छिन्। उनी दैनिक रुपमा दौडीन्छिन्। दौडले मेटाबोलिज्मलाई मद्दत गर्छ र शरीरलाई फिट राख्छ। यो कंगनाको फिटनेस कसरतको सबैभन्दा अर्गानिक भाग हो।

कंगना आफ्नो धेरै समय जिममा बिताउँछिन्।उनी कार्डियोमाफोकस गर्छिन्। उनको फिटनेसमा योग पनि समावेश छ। उनी हरेक दिन ध्यान गर्छिन्। यो उनको मानसिक स्वास्थ्यसँग सम्बन्धित फिटनेसको अंश हो।
कंगना खेलकुदको पनि आनन्द लिन्छिन्। त्यसैले किकबक्सिङमा गर्छिन्। साथै, पौडी खेल्ने र नृत्य पनि गर्छिन्।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २७ गते आइतबार