बागेश्वरी बहुमुखी क्याम्पसमा उत्साहपूर्ण भर्ना अभियान (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा उत्साहपूर्ण रुपमा भर्ना अभियान सञ्चालन भइरहेको छ । स्नातक तहको प्रथम सेमेस्टरको विद्यार्थी भर्ना अभियानलाई लक्षित गर्दैँ गत आइबारबाट क्याम्पस हाता भित्र विद्यार्थी सहायत कक्ष सञ्चालनमा ल्याइको छ ।

मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षा संकायमा नयाँ भर्नाको लागि आवेदन खोलिएको छ । विश्वविद्यालयले भर्नाको लागि आवेदन दिने म्याद यही पौष १६ गते सम्म तोकिएको र प्रवेश परीक्षा पौष १७ गते दिउँसो १ बजे हुने बागेश्वरी बहुमुखी क्याम्पसका उप प्राध्यापक एकराज शर्माले जानकारी दिए ।

के भन्छन भर्ना हुन आएका विद्यार्थी ?

भर्ना हुन आएका मुगु जिल्लाका सुरेस चदाराले बोश्वरी क्याम्पसमा धेरै सस्तो र प्रभावकारी अध्यापन हुने भएको खबर सुनेको बताए । हामी बागेश्वरी क्याम्पसमा भर्ना हुन आएको बताएका उनले बताए ।

                                                                 बागेश्वरी बहुमुखी क्याम्पसको भवन

अर्को डाइनामिक स्कुलमा अध्ययनरत विद्यार्थी पवित्रा खत्रीले पनि विषय विशषेज्ञद्धारा अध्यापन हुन्छ भन्ने सुनेका थियौं त्यसैले सबै साथीहरु पनि आउने सल्लाह ग¥यौं सबै साथीहरु आएका छौं । धेरै सुखी लागेको छ थोरै रकमले धेरै ज्ञान पाइने विश्वास लिएको खत्रीले बताइन् ।

किन भर्ना बागेश्वरी क्याम्पस ?

क्याम्पसमा बृृहत पुस्तकालय, इ–लाईवे्ररी, फ्री वाइफाई, शैक्षिक भ्रमणको व्यवस्था, निकै शान्त वातावरणमा निकै न्यून शुल्कमा पठनपाठन हुने, सरकारको शत प्रतिशत लगानीमा आम गरिब समुदायका छोराछोरीहरु पठनपाठन हुने, आधुनिक शिक्षण विधि तथा सामाग्री, प्रविधियुक्त स्रोत साधनको माध्यमबाट पठनपाठन हुने गरेको छ ।

बागेश्वरी बहुमुखी क्याम्पसको भवन नं. १

हरियाली वातावरणमा शान्त वातावरणमा कक्षाहरु अनुभवी, योग्य प्राध्यापकहरुबाट पठनपाठन गराईन्छ । क्याम्पसमा कार्यरत केही प्राध्यापकहरु विद्यावारिधी (PHD) एम फिल अध्ययन गरिरहनुभएको छ भने ९८ प्रतिशत प्राध्यापकहरुले २/३ विषयमा स्नातकोत्तरको उपाधी प्राप्त गरिसक्नु भएको छ ।

बागेश्वरी बहुमुखी क्याम्पसको भवन नं. २

कार्यरत केही प्राध्यापकहरुले त्रिभूवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहका पाठयपुस्तक समेत पब्लिस गरिसक्नु भएको छ । ४ वर्षे ८ औं सेमेष्टर सम्म विद्यार्थीहरुले न्युनतम ४३ हजारदेखि ४४ हजार रुपैया मात्रमा स्नातक तहको पठनपाठन सकिन्छ ।

कुन वर्षमा कति पैसा लाग्छ हेर्नुहाेस् ?

 

क्याम्पसको सूचना पार्टी

क्याम्पसको पुस्तकालय

क्याम्पसको मन्दिर