Kohalpur Today Header Ads

राष्ट्रिय स्वाधिनता पक्षधर जनताले आफुलाई विजयी गराउने: ढकाल




बाँके  ।

बाँके क्षेत्र नं.१ एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकालले आफुसँग पैशा र राज्यको शक्ति नभएको बताएका छन। राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाहरुका अन्तरक्रियमा बोल्दै ढकालले जनताका समस्य समाधान गर्ने हुटहुटी आफुसँग रहेको बताउदै राष्ट्रिय स्वाधिनता पक्षधर जनताले आफुलाई विजयी गराउने दावि समेत गरेका छन।

बाँकेको राप्तीसोनारी गाउँपालिका विभिन्न वडामा अन्तरक्रियामा बोल्दै ढकालले राज्यको शक्ति राष्ट्रिय तथा अन्तरराष्ट्रिय शक्तिको विपक्षमा एमाले एक्लै जनता माझ चुनावी मैदानमा उत्रिएको बताए।

LIfe Ok

उनले राष्ट्रिय स्वाधिनता पक्षधर यहाँहरुले एमालेलाई विजयी गराउनु हुने अठोट विश्वासका साथ एमाले चुनावी मैदानमा उत्रिएको बताए । उनले समृद्ध बाँके र पूर्वाधार विकास सँगै आत्म निर्भर समाज निमार्णका लागि मंसिर ४ मा हुने निर्वाचन राष्ट्रियता पक्ष र विदेशी दलाल विचको महांसग्राम भएको समेत उल्लेख गरे ।

ढकालले मतको कदर नगर्ने र दामासाहि रुपमा राज्यको शक्ति प्रयोग गरि आम नागरिकहरुमा भ्रम तथा आर्थिक चहलपहल समेत हुने सक्ने संकेत गर्दै आम नागरिकहरुले त्यस विरुद्ध खबरदारी गर्नु पर्ने अन्तरक्रियामा नागरिकहरुलाई सचेत समेत गराए । अन्तरक्रिया कार्यक्रम बैजापुर भवतिपुर, बनघुसरी,सिसुवा,कमैया बस्ती,साइपुर, ठूलो खैरी,नवलपुर लगाएत स्थानहरुमा गरिएको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १८ गते शुक्रबार