मुक्ति समाजको निर्वाचन लक्षित अभियान शुरु




राप्तीसाेनारी ।

नेकपा एमालेको भातृय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजले बाँकेका आठ वटै स्थानीय तह स्तरीय निर्वाचन लक्षित अभियान शुरु गरेको छ ।

नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन हामी बाँकेका सबै पालिका स्तरमा निर्वाचन लक्षित अभियानमा छौँ।’ नेपाल उत्पीडित जातिय मुक्ति समाज बाँके इन्जार्च दिल बहादुर परियारले भनेका छन।’

नेकपा एमालेले मात्र जायित विभेद मुक्तमा अमुल्य भूमिका निर्वाह गरेको बताउदै हामी सबै एमाले उम्मेदवारहरुको विजयी निश्चित गर्न अभियानमा केन्द्रित भएका हौँ उनले भने ।

अभियान अन्तरगर्त आज बाँकेको राप्ती सोनारी गाउँपालिकामा शेर बहादुर वि.कको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गठन गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार