काठमाडौं ।
अनारलाई स्वास्थ्यको लागि फाइदाजनक मानीन्छ। फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ। अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ।
अनुसान्धानका अनुसार १ सय ७४ ग्राम अनारको दाना सेवन गर्दा ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, भिटामिन सी आरडिआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडीआई १६ प्रतशत, पोटाशियम आरडीआई १२ प्रतिशत पाइन्छ।
अनारको सेवनले ‘प्रोस्टेट क्यान्सर’ हुनबाट केही हदसम्म बच्न सकिने अध्ययनले देखाएको छ। प्रोस्टेट क्यान्सर पुरुषमा हुने क्यान्सर हो। दैनिक २ सय ३७ मिलिग्राम अनारको जुस पिउँदा प्रोस्टेट क्यान्सर कम गर्न मद्दत मिल्छ।
अनारको जुसले ब्लड प्रेसर कम गर्न पनि सहयोग गर्छ। एक अध्ययनका अनुसार दुई हप्ता अनुसार १ सय ५० मिलिलिटर अनारको जुस पिउँदा मानिसको रक्तचापमा विशेष रूपमा नियन्त्रित पाइएको थियो।
आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन्। त्यसैले महिलाहरू सचेत हुनु जरूरी छ। स्तन क्यान्सरबाट बच्न अनार उपयोगी हुन्छ।
अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्