शिवध्वज शाही, कोहलपुर ।
वागेश्वरि बहुमुखी क्याम्पस कोहलपुरमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् क्याम्पस प्रमुख दान बहादुर हमालले स्वास्थका खेलकुद र रास्ट्रका लागि खेलकुदप्रती मध्यनजर गरि विश्वविद्यालय भरिका आंगिक क्याम्पसहरुमा खेल सप्ताह सुरु भएको वताए । उनले क्याम्पसहरु खाली विद्यार्थीहरु लाई पठनपाठन मात्र होइन अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद सप्ताह सुरु गरिएको वताए ।

भलिबल खेलको सर्भिस गर्दै उदघाटन क्याम्पस प्रमुख हमालबाट गरिएको थियो । उदघाटन कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु खगराज पन्त, रमेशचन्द्र अधिकारी शिशिर कुमार शर्मा, विभागीय प्रमुखहरु जीवन सिंह राठौर, ज्ञानेन्द्र शाही तथा डा खोपिराम वलि क्षेत्री, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष अनुप शाही, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष एकराज शर्मा, नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने लगायत प्राध्यापक कर्मचारीहरु एवम् विद्यार्थी संघस्ंगठन्को उपस्थिति रहेको थियो ।

पहिलो खेल ग्र्याजुएट स्कुल अफ एजुकेसन B र मानविकि संकायका विरेन्द्र विसि विच भएको खेलमा हिरालाल रानाको समूहले जित हासिल गरेको थियो । छात्रातर्फ वि वि ए को विमला वलि र वि वि एस समुह विच भएको खेलमा विमला वलिको समुहले जित हासिल गरेको थियो ।

दोस्रो खेलमा ग्र्याजिएट स्कुल अफ एजुकेसन र वि वि ए विच भएको खेलमा वि विव ए ले जित हासिल गरेको खेलकुद भोलि विहान ८:३० बजे सन्चालन हुने खेलकुद समिति संयोजक ज्ञानेन्द्र शाहीले कोहलपुर टुडे लाई जानकारी दिए । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको आह्वानमा सप्ताहव्यापी अन्तरसंकाय खेलकुद प्रतियोगिता आजदेखि शुरूवात भएको हो ।

बास्केटबल, ब्याडमिन्टन, भलिबल, टि टि खेलहरु संचालन हुने छ्न । उदघाटन कार्यक्रमको सहजीकरण डा पुस्करनाथ रिजालले गरेका थिए ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्