रेमिट्यान्सका सञ्चालकहरुद्धारा बाँके र बर्दियामा एक हप्तासम्म सेवा बन्द गर्ने घोषणा




कोहलपुर ।

बाँके र बर्दियाका रेमिट्यान्सका सञ्चालकहरुले नेपाल राष्ट्र बैकले ल्याएको निति विरुद्ध एक हप्तासम्मका लागि सेवा प्रवाह बन्द गर्ने घोषणा गरेका छन् । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै रेममिट्यान्सका सञ्चालकहरुले एक हप्ताका लागि बन्द गर्ने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा मनि ट्रान्सफर संघर्ष समितिका संयोजक राजेन्द्र श्रेष्ठले नेपाल राष्ट्र बैंकले ल्याएको पछिल्लो निति झण्जटिलो भएकाले संघर्ष समिति निर्माण गरी आन्दोलन गर्न बाध्य भएको बताए ।

‘हामीले एक महिना भन्दा बढि भयो जिल्ला देखि केन्द्रसम्म ज्ञापन पत्रहरु बुझाईसकेका छौं,’ उनले भने, ‘तर काँही कतैबाट हाम्रो विषयलाई सुनाई भएन ।’ त्यसकारणले बाँके र बर्दियामा रहेका ७० भन्दा बढि रेमिट्यान्सहरु बन्द गर्ने घोषणा गरेको संयोजक श्रेष्ठले बताए ।

‘नेपाल राष्ट्र बैंले ल्याएको निति विपरीत जाने भनेको होइन तर डिजिटल पद्धितीमार्फत भुक्तानी दिनका लागि झण्जटीलो भएकोले संघर्ष गरेका छौं,’ उनले थपे, ‘जसमा प्रयोगकर्ताको युजर आइडी खोल्नुपर्ने हुन्छ, जुन तीन पुस्ते आवश्यक पर्दछ ।’

सिमकार्डमार्फत खोलेको आइडी सिमकार्ड हराएको भएपनि अर्को आइडी खोल्न नपाइने, पैसा पठाउन र पाउन  यूर्जर आइडी हुनुपर्ने जस्ता करिब दर्जन बढि समस्याका कारणले रेमिट्यान्स एक हप्ताका लागि बन्द गर्ने घोषणा गरेको संघर्ष समितिका अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बाँके र बर्दियाका रेमिट्यान्सका करिब २५ जना सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार