कोहलपुर नगरपालिकाको अनुरोध




कोहलपुर  ।                                                              कोहलपुर नगरपालिकाले केहिदिन देखि भइरहेको लगातार भारी वर्षातको कारण कोहलपुर नगर क्षेत्र भित्र हुन सक्ने संभावित डुबानको कारण हुन जाने  खतरासंग सम्पूर्ण आम नगरवासिहरुमा सचेत रहन अनुरोध  गरिएको छ । अगर प्रमुख पूर्ण प्रसाद आचार्य तथा नगर उप प्रमुख संगिता सुवेदीले आफ्नो फेसबुक बाल मार्फत अनुरोध गरेका छ्न कि सम्पूर्ण नगरवासीहरुमा आ आफ्नो स्थानमा एकजुट भयर प्राकृतिक विपत्तिको सामना गर्नका लागि समस्याको सामाधान गर्न अनुरोध गरेका छ्न । कोहलपुर नगरपालिका भित्रका आम नागरिकमा कुनैपनि प्राकृति  विपत्तिको समस्या परेमा आफुहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरोएको छ । उनको वालमा यस्तो लेखिएको छ ।                                                                                  केहिदिन देखि भइरहेको लगातार भारी बर्षातको कारण कोहलपुर नगर क्षेत्र भित्र हुन सक्ने संभाबित डुबानको खतरा संग सम्पुर्ण नगरबासीहरु मा सचेत रहन अनुरोध छ । आआफ्नो स्थानमा एकजुट भयर समस्याको सामाधान गरौ थप मद्दत आवस्यक परे
नगरप्रमुख
९८५१२००६०० र नगर प्रहरी प्रमुख ९८५८०९००३५ लाई सम्पर्क गरौं ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रबार