पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर-ढकेरी सडकखण्डको छेउमा बाघको आक्रमणबाट शर्माको मृत्यु




कोहलपुर ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–ढकेरी सडकखण्डको छेउमा बाघको आक्रमणबाट नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउपालिका ९ को मा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–ढकेरी सडकखण्डकै छेउमा करिब ६० वर्षिय नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

स्थानियहरुका अनुसार केही दिन अघिदेखि बाघ सो स्थानमा देखिएको बताएका छन् । प्रहरीका अनुसार विहान ५ बजे मोनिङ्गवाक निस्किएको बेलामा आक्रमण गरेको हुन सक्ने बताइएको छ ।

मृतक शर्माले निलो टाउजर र निलो जाकेट लगाएको देखिन्छ । मृतक शर्माको टाउको, हात र पेट छरिएको अवस्थामा सडककै छेउमा भेटिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार