इन्जिनियरिङमा अधिकृतद्वयलाई ससम्मान स्वागत तथा सहायक लेखाको विदाई कार्यक्रम सम्पन्न




सुर्खेत, भाद्र १ गते ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ केन्द्रीय विभागमा प्रशासन प्रमुख र लेखा प्रमुखको पदाधिकार सहित आउनुभएका अधिकृतद्वयलाई सोमबार वीरेन्द्रनगर, सुर्खेत स्थित विभागमा एक औपचारिक कार्यक्रमका बीच स्वागत तथा एक कर्मचारीलाई विदाइ गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय, डीन कार्यालय र निर्देशनालयमा रही एक दशक भन्दा बढी प्रशासनिक अनुभव सँगालनुभाएका प्रशासकीय अधिकृत शेरबहादुर केसी र लेखा अधिकृत राजकुमार थापालाई ससम्मान स्वागत तथा सहायक लेखा शेरबहादुर सलामीलाई उक्त निकायमा सेवा गरेवापात कदरपत्र सहित विदाई गरिएको हो ।


ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका प्रमुख ई. सुरेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्यूटर इन्जिनियरिङ केद्रीय विभागका प्रमुख ई. कपिल बुढ़ाथोकी, उपप्रा. प्रकाश रेग्मी, नवआगन्तुक प्रशासन प्रमुख शेरवहादुर केसी र विदाई हुने शेरबहादुर सलामीले मन्तव्य राखेका थिए ।


उक्त कार्यक्रमको संचालन कृष्णप्रसाद शर्माले गरेका थिए ।
सलामी ग्र्याजुएट स्कूल अफ म्यानेजमेण्ट केन्द्रीय विभागमा सरुवा भएका छ्न  । विभागीय प्रमुखद्वय शाही र बुढ़ाथोकीले आफ्नो विभागमा प्रशासन र लेखा प्रमुखको नयाँ ज़िम्मेवारी लिएर आएका अधिकृतहरूको ज्ञान, सीप र अनुभवलाई भरपूर उपयोग गर्नका लागि उपयुक्त सहकार्यात्मक वातावरण निर्माण गर्र्ने प्रतिबद्धता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार