बाँके ।
कवि नवीन अभिलाषीले पशुपति शाह स्मृति साहित्य पुरस्कार २०७९ प्राप्त गरेका छन् ।
दाङ घर भइ बाँकेमा कार्यरत कवि तथा साहित्यकार नवीन अभिलाषीले सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज बाँकेमा स्थापित पशुपति शाह स्मृति साहित्य पुरस्कार २०७९ प्राप्त गरेका हुन् ।
शिक्षाविद् जीतबहादुर शाहले प्रतिष्ठानमा आमाको नाममा स्थापना गरेको पुरस्कार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो ।
वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका अध्यक्ष शशिराम कार्की र पुरस्कार सस्थापक जीतबहादुर शाहले पुरस्कार प्रदान गर्नुभएको हो । एक दशक लामो साहित्य कर्ममा क्रियाशिल नवीन अभिलाषी काव्यविधामा कमल चलाउने श्रष्टा हुन् ।
इश्वरको अस्थिपञ्जर, एकात्म र मौलामा बाँधिएको राँगो कविता सँग्रह बजारमा छन् । यसैवर्ष प्रकाशन भएको मौलामा बाँधिएको राँगो कविता सँग्रह चर्चामा छ भने उनी फुटकर कथा र नियात्रा लेखिरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्