सूर्यमा कम्तीमा दुई ठूला विस्फोट हुन सक्ने: साैर्य आँधीको जोखिम

हालै सोर्य आँधी आउन सक्ने चेतावनी सार्वजनिक भएको छ। एक विज्ञले सूर्यबाट छिट्टै दुई ओटा ठूला विस्फोट हुनसक्ने बताएपछि यस्तो चेतावनी सार्वजनिक गरिएको हो। बिग फ्लेयर प्लेयर नाम दिइएका ती दुई विस्फोट सूर्यमा केही समयमै हुने ती विज्ञको भनाइ छ। ‘फ्लेयर’ भन्नाले सामान्य भाषामा सूर्यमा एकापसमा बेरिएका चुम्बकीय क्षेत्रमा भन्डारण भएका उर्जा एकैपटक निस्कासन हुँदा हुने ठूलो विस्फोट भन्ने बुझिन्छ।

अन्तरिक्ष वातावरण भाैतिकशास्त्री डा तमिथा स्कोभले पृथ्वीबाट सूर्यमा थुप्रै सनस्पटका नामले चिनिने काला धब्बहरु देखिएको बताएकी छिन्।

उनले उक्त विस्फोटबाट पृथ्वीलाई असर पार्ने खालका ठूला आँधीको सम्भावना नभए पनि उच्च सतर्कता भने अपनाउनुपर्ने बताएकी छिन्। विशेषगरी सोर्य आँधी, साैर्य कोरोनाबाट अन्तरिक्षमा हुने प्लाज्मा निस्कासन, उच्च गतिको साैर्य हावाहुन्डरी तथा सोर्य उर्जाका कणहरु सोर्य गतिविधिका चार मुख्य घटकहरु हुन्।

यीमध्ये सोर्य आँधीको असर भने पृथ्वीमा पनि पर्ने हुन्छ। नासाका अनुसार पृथ्वीपट्टिको भागमा सोर्य विस्फोट भएमा यसले पृथ्वीलाई असर पार्छ। यसैगरी प्लाज्मा निस्कासन हुँदा भने उक्त बादल पृथ्वीतर्फ सोझिएको बेलामा केही असर पार्न सक्छ।

उच्च गतिको साैर्य हावा हुन्डरी सोर्य भूमध्य रेखा नजिक भएमा मात्र पृथ्वीलाई असर गर्छ। त्यस्तै साैर्य उर्जायुक्त कणहरुले पृथ्वीलाई काट्ने लहरमा चुम्बकीय क्षेत्र भएको खन्डमा भने जेसुकै प्रकारको असर गर्न सक्ने नासाको भनाइ छ। एजेन्सी