पत्रकार चिन्ता परियार कपिलवस्तुबाट समानुपातिक उम्मेदवार सिफारिस




कपिलवस्तु  ।

कपिलवस्तुका चर्चित पत्रकार चिन्ता परियार नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् । माओबादी केन्द्रले निर्वाचन क्षेत्र-३ का लागि परियारलाई समानुपातिक उम्मेदवार सिफारिस गरेको हो ।

शुक्रवार चन्द्रौटामा बसेको सो पार्टीको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरेको हो ।

कपिलवस्तु क्षेत्र न-३ का लागि प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ मौलाना मक्सुद नेपाली र समानुपातिकमा पत्रकार परियारको एकल नाम सिफारिस भएको छ । वैठकले दुवैजनालाई एकल सिफारिस गरेको बताइएको छ ।

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल मौलाना मक्सुद नेपाली कृष्णनगरका लोकप्रिय नेताको रुपमा चिनिन्छन । भने समानुपातिकमा सिफारिस परियार नाम चलेका पत्रकार हुन् । लामो समयदेखि पत्रकारीता गर्दै आएका परियार राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा मेरो साथी एफ.एम. रेडियोका संचालक हुन् ।

त्यसैगरी क्षेत्र न ३ (क) का लागि प्रत्यक्ष तर्फ एहसान अहमद खान,राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक,गगन कामी,सिता बुढाथोकि,कुमारी कुसुम चौधरी,जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ ।

क्षेत्र न ३ (ख) का लागि प्रत्यक्ष तर्फ चुर बहादुर खड्का,अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नाम सिफारिस भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार