नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेकाे जिल्ला सचिवमा राेकाय निवार्चित




काेहलपुर । 

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेको छैटौं जिल्ला सम्मेलन बाट सचिवमा कल्पना रोकायको नेतृत्वमा २१ सदस्यीय समिति निर्माण भएको छ ।

शनिबार नेपाल घरेलु महासंघ कोहलपुर नगर समितिको भवनमा भएको छैटौं जिल्ला सम्मेलनबाट सचिवमा कल्पना रोकाय निवार्चित भएकी छिन् । रोकाय अ.ने.म संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्य समेत हुन् ।

यस्तै सदस्यहरुमा पुर्णिामा शाही, दिपक बुढाथोकी, राकेश दाहाल, बिष्णु जिसि, धर्म बडवाल, खडक बिष्ट, महान केसि, दिल्ली छेत्री, अमृता जिसि, महिमा खत्री, नेत्र थापा लगाएत रहेका छन् ।

बाँके र बर्दिया इन्चार्ज चुडामणि वली(आदर्श)ले ९ सदस्य पछि थप्ने गरि २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार